Monday, November 24, 2014

आजकलको चलन


अचेल आको यो नयाँ साडी,
छेयु छेयुमा खिका छ,
गालामा लाउछन लाली र पाउडर,
कपालमा लीखा छ !!

उकाली ज्यानको यो ठिटा बाबु,
हातैमा फ़ाउनटेन पेन,
पकेट मुनि एक पैसा छैन,
अचेलको जेन्टल मेन!!

copyright@bhabanasubedi

Thursday, November 6, 2014

मेरा आँशु

मेरा आँशु  तिम्रा लागि पौडी खेल्ने ताल भयो !
विरहका भाका गाउने न्याउली   जस्तो हाल भयो !!

By: Swami
copyright@bhabanasubedi

आमै जाती


------------आमै जाती--------------------

ताते ताते गर्दै हिड्दा लड्ने बेला समाउन आमकै हातै जाती
देश बीदेश फाइभस्टार देखी कुटिसम्म जहाँ खाएपनी
कोखाई कोखाई गर्दै खाको आमैकै हातको दुध भातै जाती।

सफल,असफल जे भएनी, धर्ती छाडी जतीमाथि उडेपनि
धरातल ओर्लेपछी कहीकतै झुक्नु परेपनी
शिर झुकाउन आमाकै कोमल पाहु नै जाती
कोखाई कोखाई गर्दै खाको आमैकै हातको दुध भातै जाती।।     
  
चिसो जाडोमा कमी रहाद मेरो लाज इेजेत राख्न
मेरो आङ धकिदीने आमकै त्यो मोजेत्रोनै जाती
महलको त्यो सी भन्दा,पहाडकी आमकै काखै जाती 
कोखाई कोखाई गर्दै खाको आमैकै हातको दुध भातै जाती।।।

बिग्रेयर लाज पचाहि  सत्रु गोत्र हसाउनु भन्दा
असफल हुँदा प्रेमरुपी आमकै थपथपाइनै जाती
मेरो सफलतामा झर्नी आमकै आसुँ नै जाती

पोले पनि घामै जाती, पिटेपनी आमै जाती ।।।।

By: Swami
copyright@bhabanasubedi