Saturday, February 7, 2015

धोके प्रेमी


जब तिमीलाई भेट्न आए ढोका थुनी हाँस्दै थियौ
भित्रै बसी कसैसंघ मायाप्रिती गास्दै थियौ ।

ढोका खोल्नी आट आएन झ्याल बाट चियाइ हेरे
तर तिमीले त कसैलाई छाती मांझ टास्दै थियौ
भित्रै बसी कसैसंघ मायाप्रिती गास्दै थियौ ।

पत्यौनै गाह्रो द्रीश्य आझ मैले  देख्नु पर्‍यो
तिमीले त मेरो मुटु उस्कैलागी तासदै थियौ
भित्रैबसी कसैसंघ मायाप्रिती गास्दै थियौ ।

चिन्न पाए मैले बल्ल तिमीकस्तो रहेछौ भनी
मानको त्रिशना मेट्न तिमीले उसैलाई लाछदै थियौ
जब तिमीलाई भेट्न आए ढोका थुनी हाँस्दै थियौ
भित्रैबसी कसैसंघ मायाप्रिती गास्दै थियौ ।

By: Swami
Copyright@ www.maankabhawana.blogspot.com

No comments:

Post a Comment