Sunday, December 28, 2014

जाडो मौसम

आच्छु आच्छु कती साह्रो जाडो,
जती कपडा लगाएपनी उम्रिदिन्छ काँडो।

कती बसौ भित्रै मात्र कता बाहिर जाऊ,
बाहिर निक्ली हेर्दा छनी परहिको गाँऊ,
घाम ताप्न निक्लिउ भने कतै छैन डाडो,
आच्छु आच्छु कती साह्रो जाडो,
जती कपडा लगाएपनी उम्रिदिन्छ काँडो।।

जाडो मात्र भए हुन्थ्यो कती पर्ने हीऊ,
माने कपमा चिया कफी कती मात्र पीउ,
यता उता गर्नै पाईन भयो साह्रै घाँडो,
आच्छु आच्छु कती साह्रो जाडो,
जती कपडा लगाएपनी उम्रिदिन्छ काँडो।।।

भित्रै बसि खादाँ खादाँ मोटाइराछ जिऊ,
रुचदैन है खाना पनि नहालिकन घिऊ,
पानी पनि साह्रै चिसो माझीएन भाँडो,
आच्छु आच्छु कती साह्रो जाडो,
जती कपडा लगाएपनी उम्रिदिन्छ काँडो।।।।

No comments:

Post a Comment