माया भन्ने चिज कस्तो बुझ्न साह्रै गाह्रो
नबुझेर माया लाउदा हुदो सार्हो !
एकै दिनको भेट्मा बस्दो रहेछ माया
यता ऊता जता ततै ऊस्को मात्र घुम्ने छायाँ !!
माया अब हुन थाल्यो तोल मोल बजारमा
साँचो माया लाय पनि झुठो उस्को नजरमा !!!
जिन्दगी यो केवल रहेछ दुई दिनको घाम छायाँ
बिसींँ जानी निस्ठुरिको पनि लाग्दो रैछ माया !!!!
नत माया तिर्खा हो नत माया पानी
नबुझेर माया लाउदा गर्दो रैछ हानी !!!!!
copyright@bhabanasubedi
No comments:
Post a Comment