Monday, December 15, 2014

मन

उड्दो रहिछ यो मन, कहिले काही चङ्गा सरी,
जती बशमा राख्छु भन्छु, उडी दिन्छ घरी घरी!

सोच्छु कहिले काही, यो मन हो कि बनको चरी,
बेग हनी उडी दिन्छ, यता उता गगन भरी !!

समाल्न नै गाह्रो भयो, यो मन किन यसो गरी,
सोच्दा सोच्दै, आँखाबाट  बर्षी दिन्छ झरी!!!

आत्तीएर समाल्दै छु, यो मन मैले फेरी बेरी,
बाच्नुपर्छ हास्नुपर्छ के लानु छ, भोली मरी!!!!

copyright@bhabanasubedi

No comments:

Post a Comment