Tuesday, September 26, 2017




खै के भनु!
मूल्य बिनाको मायामा बचेकीलाई,
हरेक कुरामा मूल्य तिर्नुपर्दा,
स्वतन्त्रताको बलि चढाई,
अरुको लागि मन कटाउनु पर्दा ।

हिरा सरि जिउन जानेकीलाई,
पथ्थरको जिबन जिउनु पर्दा,
मन परे मेरी नपरे टेडी भन्नेहरुलाई,
कहिल्यै मर्दिन जस्तो गर्नेहरुलाई ।

खै के भनु आत्मा रुवाउनेहरुलाई ,
सम्पतिमा नाता जोख्नेहरुलाई
अरुको मूल्य नाबुज्नेहरुलाई,
पुतलीको जिबन चुड्नेहरुलाई।

No comments:

Post a Comment