Monday, September 11, 2017

यो जोबन तिमीलाई कसम भो !


हाँसो दिन सक्छौ भने के भो र,
यो जुनी तिमीलाई उपहार भो ।
जीत र हार को के कुरा भो र,
जीन्दगी काट्ने बहाना भो।।

 आँगनमा रोपेको तुलसीको के कुरा भोर,
आत्मा त्यागको कसमै खाउला।
तराजुमा जोखिएको के मुल्य कुरा भो र,
एक मुठी सासको आयु नै दिउला ।।

छाडीदेउ सपना मरी लानु के छ र,
नाता सिन्दुरले हैन रगतले जोडी दिउला।
कुरी बसौला अन्तिम स्वास सम्म के भो र,
संसार छोडी दुवै आत्मा बिलाई जाउँला।।

Copyright@ www.maankabhawana.blogspot.com

No comments:

Post a Comment