Tuesday, February 10, 2015

Valentine's Day Joke

Valentine's  Day नजिकै आउदै छ, होसियार हुनु अनि मुटु नकमाउनु बिना  फकैमा, 
कुनै समयमा.......
 बिहानै बिहानै message आयो, मत झस्किए,सोचे आज त Valentine Day हो, सिरानी मुनि रहेको mobile  निकालेर येसो हेरे को त +९७७१४१४ को पो त message रहेछ,
हा हा हा हा हा सातो लागेको थियो/

Copyright@ www.maankabhawana.blogspot.com

Saturday, February 7, 2015

धोके प्रेमी


जब तिमीलाई भेट्न आए ढोका थुनी हाँस्दै थियौ
भित्रै बसी कसैसंघ मायाप्रिती गास्दै थियौ ।

ढोका खोल्नी आट आएन झ्याल बाट चियाइ हेरे
तर तिमीले त कसैलाई छाती मांझ टास्दै थियौ
भित्रै बसी कसैसंघ मायाप्रिती गास्दै थियौ ।

पत्यौनै गाह्रो द्रीश्य आझ मैले  देख्नु पर्‍यो
तिमीले त मेरो मुटु उस्कैलागी तासदै थियौ
भित्रैबसी कसैसंघ मायाप्रिती गास्दै थियौ ।

चिन्न पाए मैले बल्ल तिमीकस्तो रहेछौ भनी
मानको त्रिशना मेट्न तिमीले उसैलाई लाछदै थियौ
जब तिमीलाई भेट्न आए ढोका थुनी हाँस्दै थियौ
भित्रैबसी कसैसंघ मायाप्रिती गास्दै थियौ ।

By: Swami
Copyright@ www.maankabhawana.blogspot.com

Sunday, December 28, 2014

जाडो मौसम

आच्छु आच्छु कती साह्रो जाडो,
जती कपडा लगाएपनी उम्रिदिन्छ काँडो।

कती बसौ भित्रै मात्र कता बाहिर जाऊ,
बाहिर निक्ली हेर्दा छनी परहिको गाँऊ,
घाम ताप्न निक्लिउ भने कतै छैन डाडो,
आच्छु आच्छु कती साह्रो जाडो,
जती कपडा लगाएपनी उम्रिदिन्छ काँडो।।

जाडो मात्र भए हुन्थ्यो कती पर्ने हीऊ,
माने कपमा चिया कफी कती मात्र पीउ,
यता उता गर्नै पाईन भयो साह्रै घाँडो,
आच्छु आच्छु कती साह्रो जाडो,
जती कपडा लगाएपनी उम्रिदिन्छ काँडो।।।

भित्रै बसि खादाँ खादाँ मोटाइराछ जिऊ,
रुचदैन है खाना पनि नहालिकन घिऊ,
पानी पनि साह्रै चिसो माझीएन भाँडो,
आच्छु आच्छु कती साह्रो जाडो,
जती कपडा लगाएपनी उम्रिदिन्छ काँडो।।।।

Monday, December 15, 2014

मन

उड्दो रहिछ यो मन, कहिले काही चङ्गा सरी,
जती बशमा राख्छु भन्छु, उडी दिन्छ घरी घरी!

सोच्छु कहिले काही, यो मन हो कि बनको चरी,
बेग हनी उडी दिन्छ, यता उता गगन भरी !!

समाल्न नै गाह्रो भयो, यो मन किन यसो गरी,
सोच्दा सोच्दै, आँखाबाट  बर्षी दिन्छ झरी!!!

आत्तीएर समाल्दै छु, यो मन मैले फेरी बेरी,
बाच्नुपर्छ हास्नुपर्छ के लानु छ, भोली मरी!!!!

copyright@bhabanasubedi

Friday, December 12, 2014

अनौठो माया

माया भन्ने चिज कस्तो बुझ्न साह्रै गाह्रो
नबुझेर माया लाउदा हुदो सार्हो !

एकै दिनको भेट्मा बस्दो रहेछ माया
यता ऊता जता ततै ऊस्को मात्र घुम्ने छायाँ !!        

माया अब हुन थाल्यो तोल मोल बजारमा
साँचो माया लाय पनि झुठो उस्को नजरमा !!!

जिन्दगी यो केवल रहेछ दुई दिनको घाम छायाँ
बिसींँ   जानी निस्ठुरिको पनि लाग्दो रैछ माया !!!!

नत माया तिर्खा हो नत माया पानी
नबुझेर माया लाउदा गर्दो रैछ हानी !!!!!

copyright@bhabanasubedi

Friday, December 5, 2014

अनौठो खुसि

अनौठो खुसि 


उनि राम्री थिईन,
साच्चै राम्री !

उनको त्यो गोलो मुहार,
हसिलो मुस्कान !

पहिलो चोटी,
कसैलाई देखेर मेरो मन यति खुसि भयो,
मेरो मुहारमा खुसि नै ल्याइदियो !

उनि सङ्गीसंग बोल्दै थिईन,
झन् मेरो मुहारमा,
बढी खुसि ल्याइदियो !

उनिलाई  लीन,
उनकी दिदि आए जस्तो लाग्यो,
मलाई खुसि दीई  बिलाईदीन!!

copyright@bhabanasubedi

Monday, December 1, 2014

यात्राका साहित्य

गाजलु आँखा!!

silly boy

४२० लाई सोद्यो भने गइसक्यो भान्दिनु !!

Bindas life !!

हे ! girl can I give lift to you ///

नसालु हेराई !!

न आमाको प्यार न बाबाको प्यार,
driver को जिन्दगि एस्तै छ यार !!

Horn please !

धनले गरिब हुदा,

तिम्रो माया पाउन सकिन !!

ढिलो गए अबस्य पुगिन्छ ,
चाडो गए त्रिसुली को माछा रमाउछ !!

पर्खी बस फर्की आउनेछु !!

कान्छी नानी !!

सोल्टिनी !!

प्रेमले मानिसलाई जोगि /पागल बनाउछ !!

बुवाआमा को आशिर्बाद !!

माया अन्धो हुन्छ !!

गुन्द्रुकलाई पकाउनु पर्दैन,
सालीलाई फकाउनु पर्दैन !!
...............आदि आदि यात्राको क्रममा यातायातका साधनहरुमा येस्ता वाक्य तथा साहित्यका शब्दहरु पढदा मनमा छुटै आनन्द आई मन मनै हास्न मन लाग्दो रहेछ !